एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
डोटी – डोटी जिल्लाको बडीकेदार गाउँपालिका वडा नं. १ मा पर्ने कापडी गाडमा निर्मित सालमुनि हाइड्रो पावरले मंगलबारबाट विद्युत उत्पादनको काम सुरु गरेको छ ।
करिब एक अर्बको लगानीमा निर्माण गरिएको सालमुनि हाइड्रो पावरले पहिलो पटक आफनो पावर हाउसमा बत्ती बालेको हो ।
यस पावर हाउसको विद्युत उत्पादन क्षमता ३ दशमलव ३३ मेगावाट रहेको विद्युत पावर हाउसका टनेल इन्चार्ज मिन पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्युतको सम्पूर्ण काम सकिएको छ, हामीले लक्ष लिएकै समयमा विद्युत उत्पादन गरेर देखायौँ ।’
सुदूरपश्चिमको प्रसिद्ध देवता सालमुनीको नामबाट खोलिएको यस हाइड्रो पावरलाई सनमानदेवी हाइड्रो पावर तथा स्वयम्भू कन्स्ट्रक्सनले निर्माण कार्य सुरु गरेको हो । यही वैशाख अन्तिम सम्म निर्माण कार्य सक्ने लक्ष्यअनुसार यसको निर्माण कार्य अगाडि बढाइएको थियो ।
सनमानदेवी हाइड्रो पावर तथा स्वयम्भू कन्ट्रक्सन र नेपाल सरकार बीच सालमुनि हाइड्रो पावरबाट उत्पादन गरीएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने र पछि नेपाल सरकारले नै आवस्यक क्षेत्रहरुमा बिक्री वितरण गर्ने भन्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार ३० वर्षसम्म उक्त विद्युत बिक्रिबाट आएको रकम निर्माण कम्पनीले लिने छ । बीपीनगरमा विद्युत निर्माण भएर विद्युत उत्पादन भएपछि त्यहाँका स्थानीयबासी निकै खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बत्ती नभएर अन्धकार भएको हाम्रो ठाउँमा अब बिजुली बल्यो, हामी एकदमै खुशी छौ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।