नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो पनि पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जसरी नै हत्या गरिदिने बताएका छन् । केजरीवालले आफ्नाे हत्याकाे दावी गर्दै भारतीय जनता पार्टीमाथि अन्य कैयौं आरोप पनि लगाएका छन् ।
‘भारतीय जनता पार्टी मेरो ज्यानको पछाडि लागिरहेको छ र एकदिन मेरो हत्या गरिदिनेछ । मेरो पनि हत्या निजी सुरक्षा अधिकारीद्वारा गराइनेछ । भाजपा मेरो पछि लागिरहेको छ, एकदिन मेरो हत्या गराइनेछ,’ केजरीवालले भने ।
आफ्नो निजी सुरक्षा अधिकारीले भाजपालाई रिपोर्ट गरिरहेको र उसको माध्यमबाट मेरो पनि इन्दिरा गान्धीको जसरी नै हत्या गराइने केजरीवालले दावी गरेका हुन् ।
यो महिनाको सुरुवातमा नै केजरीवाललाई चुनाव प्रचार प्रसारको क्रममा सडक यात्रा गरिरहँदा एक व्यक्तिले थप्पड प्रहार गरेका थिए ।
हामीलाई दिल्ली पुलिसमाथि विश्वास छैन : प्रवक्ता भारद्वाज
Saurabh Bhardwaj, AAP on Arvind Kejriwal's reported statement 'My PSO reports to BJP Govt, my life can be ended in minutes': After becoming CM he has been attacked at least 6 times in presence of police. Even after such incidents no action was taken. We don't trust Delhi Police. pic.twitter.com/lH3rbLpOcr
— ANI (@ANI) May 18, 2019
केजरीवालको यो बयानलाई लिएर आम आदमी पार्टीका प्रवक्ता सौरभ भारद्वाज भन्छन्, ‘मुख्यमन्त्री बनेपछि केजरीवालमाथि छ पटक आक्रमण भैसकेको छ र यस्तो घटनामा पनि कुनै पहल गरिएको छैन । हामीलाई दिल्ली पुलिसमाथि विश्वास छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।