सरकारले स्वतन्त्र प्रेस र मानव अधिकार कुण्ठित पार्न खोजेको देउवाको आरोप

 जेठ ४, २०७६ शनिबार १८:५५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

विराटनगर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस र मानव अधिकार कुण्ठित पार्न खोजेको आरोप लगाउनु भएको छ ।

सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास पास हुन नदिने पनि उहाँले बताउनुभयो । शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्ने कांग्रेसको अडान रहेको जानकारी दिनुभएकाे हाे । सभापति देउवाले सरकारले जबर्जस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा पारित हुनै नदिने स्पष्ट पार्नुभयो ।

 उहाँले भन्नुभयो,  ‘पत्रकारले आफैँ जे पायो त्यही लेख्न पाउँदैनन् भन्दै विधेयक ल्याएका छन् तर उनीहरु आफैंले बुझ्ने कुरा हो के लेख्ने नलेख्ने ? सरकारले भन्नै पर्दैन । पत्रकारले जे पनि लेख्न पाउँछन् ।’

अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै उहाँले सकारको कामकारबाही हेर्ने हो भने डेढ वर्षमा केही पनि नभएको टिप्पणी गर्नुभयो ।  

विपक्षीलाई प्रधानमन्त्रीले गर्ने व्यवहारबारे पत्रकारले सोधेको प्रश्नमा देउवाले प्रधानमन्त्री जे पायो त्यही बोल्दै हिंडेको भन्दै त्यस्तो व्यवहार आफैँले सुधार गर्न सुझाव दिनुभयाे ।  
 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया