दिनारको भाउ बढ्यो, रियाल, रिंगिट र दिर्हामको भाउ के छ थाहा पाउनुहोस्

 जेठ ६, २०७६ सोमबार १०:३९:२ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कोरियन वन केही पैसाले घटेको छ भने कुवेती र बहराइन दिनारको भाउ केही बढेको छ । अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ भने आज सोमबार स्थिर रहेको छ ।

आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा छ । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा छ । 

सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा छ । यस्तै कुवेती दिनारको १ को खरिददर ३६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ५३ पैसा तोकिएको छ । हिजो खरिददर ३६८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७० रुपैयाँ २३ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ २८ पैसा र बिक्रीदर २९८ रुपैयाँ ८७ पैसा छ । हिजो खरिददर २९७ रुपैयाँ २४ पैसा र बिक्रीदर २९८ रुपैयाँ ८३ पैसा थियो ।
कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया