सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
यूएई – यूएईमा कार्यरत अर्घाखाँची छत्रदेव गाउँपालिकाका युवाहरुले आफ्नो गाउँका आगलागी र मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
अघिल्लो महिना भएको आगलागीका कारण घर गोठ तथा बस्तुभाउ जलेर नस्ट हुँदा समस्यामा परेका छत्रदेव ८ अर्घातोषका गोपाल रिमालको परिवारलाई यूएईमा कार्यरत युवाहरुले ३५ हजार सहयोग गरेका हुन् ।
त्यस्तै उनीहरुले सोही गाउँकै मृगौला पीडित १४ वर्षीय मनिषा नेपालीलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन ।
छत्रदेव गाउँपालिकाबाट यूएई आएर रोजगारी गरिरहेका युवाहरुको सँगठित संस्था बल्कोट दुबई सम्पर्क समिति यूएईमार्फत डेढ सातामा ७० हजार रुपैयाँ संकलन गरेर आर्थिक सहयोग गरेको समाजका अध्यक्ष तुमलाल पाण्डेले जानकारी दिनुभयो ।
संकलित रकमबाट ६० हजार सम्बन्धित परिवारलाई प्रदान गरिएको र बाँकी १० हजार रुपैयाँ संकलन गर्न बाँकी भएकोले सो रकम आपतकालिन कोषमार्फत विपतमा परेका परिवारलाई प्रदान गरिने समाजले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल, वडा नम्बर ८ का अध्यक्ष राजकुमार श्रेष्ठ र ३ नम्बर वडाका अध्यक्ष तेजप्रसाद खनालको रोहबरमा समाजका कोषाध्यक्ष नमराज भुसालको उपस्थितीमा मगलबार एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।