'बीबीसी महिला फुटबलर अफ् द इयर' को उपाधि एडा हेगरबर्गलाई

 जेठ ८, २०७६ बुधबार १७:३०:५२ | एजेन्सी
unn.prixa.net

फ्रेन्च क्लब लियोनकी स्ट्राइकर एडा हेगरबर्गले 'बीबीसी महिला फुटबलर अफ् द इयर' को उपाधि जितेकी छिन् ।

च्याम्पियन्स लिगको फाइनलमा ह्याट्रिक गरेको चार दिनपछि यो पुरस्कारका लागि विश्वभरका समर्थक माझ भोटिङ खुला गरिएको थियो । जसमा उनी विजयी भइन् । अवार्ड जितेपछि खुशी हुँदै एडाले सबै समर्थकलाई धन्यवाद समेत दिएकी छिन् ।

अवार्डमा गरिएको भोटिङ अनुसार, डेनमार्क र वोल्फ्बर्गकी स्ट्राइकर पर्नेल हार्डर दोस्रो स्थानमा आइन् । अस्ट्रेलिया तथा शिकागो रेड स्टार्ससकी सेम केर तेस्रो स्थानमा  रहिन् । 

बीबीसी वर्ल्ड सर्भिस अवार्डका लागि पाँच खेलाडीलाई छानिएको थियो । जसमा जापान तथा लियाेनकी डिफेन्सिभ मिडफिल्डर साकी कुमागाई र पोर्टल्याण्ड थन्स अमेरिकाकी मिडफिल्डर लिन्डेस होरान पनि उपाधिको होडमा चौथो र पाचौं स्थानमा थिए ।  

२३ वर्षीया नर्वेजियन हेगरबर्गले यो पुरस्कार २०१७ मा पनि पाएकी थिइन्  ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया