भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ ।
सुरुवाति मतगणनाअनुसार दिल्लीका सातै सिटमा बीजेपी अगाडि रहेको छ । पूर्वी दिल्लीमा बीजेपी उम्मेदवार पूर्व भारतीय क्रिकेटर गौतम गम्भीर अगाडि रहेका छन् । उनलाई आम आदमी पार्टीकी उम्मेदवार आतिशीले पछ्याइरहेकी छिन् ।
सुरुवाति रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीलाई पछाडि पारेका छन् । राहुल गान्धी केरलको वायनाडबाट पनि उठेका छन् । वायनाडबाट भने राहुल गान्धी ५ हजारभन्दा बढी मतले अगाडि रहेका छन् ।
त्यस्तै भारतमा मात्रै होइन नेपालमा पनि चर्चित रहेको बिहारको बेगुसरायमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह अगाडि रहेका छन् । बेगुसरायमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमार गिरिराज सिंहसँग प्रतिस्पर्धामा रहेका छन् । साथै राष्ट्रिय जनता दलबाट तनवीर हसन पनि यसै सिटबाट प्रतिस्पर्धामा रहेका छन् ।
जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए ।
यो सुरुवाति मतपरिणाम भएकाले यसै हुन्छ भन्ने सकिने अवस्था चाहिँ छैन । थोरै मात्रै मत गनिएकाले मतपरिणाम कसको पक्षमा जान्छ भन्ने जान्नका लागि केही समय कुर्नुपर्ने अवस्था रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।