राहुल गान्धीले हार स्वीकार्दै दिए नरेन्द्र मोदीलाई बधाई

 जेठ ९, २०७६ बिहीबार १८:२४:३७ | एजेन्सी
unn.prixa.net

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले भारतीय लाेकसभा चुनावमा हार स्वीकार गरेका छन् । 

लाेकसभा चुनावमा भारतीय जनता पार्टीले प्रचण्ड बहुमतका साथ दाेस्राे पटक सत्तामा फर्किने निश्चित भएसँगै राहुलले हार स्वीकारेका हुन् । 

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । राहुलले अमेठीमा हार स्वीकार्दै हारको जिम्मेवारी पनि आफैले लिएका छन् । 'अमेठीका जनताले गरेको निर्णयलाई म स्वीकार्छु र अमेठीका जनताले देखेका भरोसालाई स्मृतिले जोगाएर राख्नेछिन् । यसमा मलाई विश्वास छ,' राहुलले भने । 

राहुल भन्छन्, 'अरु कसैले मलाई गाली गरे पनि म प्रेमपूर्वक बोल्नेछु । बीजेपी र कांग्रेसको लडाई विचारधाराको हो ।' राहुलले आफ्ना कार्यकर्ता तथा उम्मेदवारहरुलाई धैयर्ता नगुमाउन पनि भनेका छन् । 

'यो मोदी र बीजेपीको जित हो र म फेरि पनि बधाई दिन चाहन्छु', राहुलले भने । सबै कांग्रेस विचारधाराका एक भएर आफ्नो गरिमा र प्रतिष्ठालाई जोगाएर राख्ने राहुलले विश्वास लिएका छन् । 

राहुल गान्धी अमेठीबाट स्मृति इरानीसँग पछि रहे पनि उनी केरलकाे वायनाडबाट भने अत्याधिक मतका साथ जितकाे बाटाेमा रहेका छन् ।
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया