दाइजो नदिएको भन्दै बेहुली मण्डपमै छाडेर भाग्ने राजवंशी पक्राउ

 जेठ ९, २०७६ बिहीबार १९:५५:४७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ  - विवाहमा दाइजो नदिएको भन्दै मण्डपमै बेहुली छाडेर भाग्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ जहदा गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीलाई मोरङ प्रहरी पक्राउ गरेको हो ।  परम्परागत रुपमा गएकाे जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशी मागबमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गरेका थिए ।

उनले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल दिनुपर्ने भन्दै दबाब दिए तर बेहुली पक्षले दिन नसक्ने भनेपछि उनी विवाहको मण्डप नै छाडेर भागेको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयाे ।

आर्थिक अवस्था न्यून भएकोले माग भए बमोजिमको सामग्री दिन नसक्ने केटी पक्षकाले  बताएपछि बेहुला पक्ष बेहुलीलाई मण्डपमै छाडेर हिँडेका  राजवंशीलाई बुधबार पक्राउ गरिएको हो ।

बेहुलालाई बेहुली पक्षको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको प्रहरीले जनाएको छ  । डीएसपी घनश्याम श्रेष्ठका अनुसार ‘राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसूर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।’

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया