भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ले पूर्ण बहुमतका साथ सरकार बनाउने भएको छ ।
नरेन्द्र मोदी फेरि एकपटक भारतको प्रधानमन्त्री बन्नु हुने भएको छ । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि पूर्ण बहुमतका साथ दोस्रो कार्यकालका लागि सत्तामा फर्किने मोदी दोस्रो हुुनुहुन्छ ।
विभिन्न सात चरणमा भएको चुनावको मतपरिणाम बिहीबार सार्वजनिक भएको हो । बीजेपी एक्लैले झण्डै ३ सय सिटमा जित हात पार्ने निश्चित भएको छ । ५ सय ४३ सिट रहेको भारतीय लोकसभामा २ सय ७२ सिट जित्ने पार्टीले सरकार बनाउन सक्नेछ । त्यसैले बीजेपी एक्लैले पनि सरकार बनाउन सक्नेछ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए)को खातामा भने झण्डै ३ सय ५० सिट जाने भएको छ ।
त्यसैगरीबलिउड अभिनेता तथा भारतीय जनता पार्टीका उम्मेदवार सन्नी देवल पनि पञ्जावकाे गुरदासपुरबाट विजयी भएका छन् । उनले भारतीय कांग्रेसका उम्मेदवार सुनिल जाखरलाई झण्डै ७५ हजार मतले हराए । गुरदासपुरबाट यसअघि बीजेपीबाट विनाेद खन्ना लड्ने गर्थे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।