नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
बेलायती प्रधानमन्त्री टरिजा मेले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
उहाँले आगामी जुन ७ मा कन्जर्भेटिभ पार्टीको नेतृबाट राजीनामा दिने बताउनुभएको छ । तर नयाँ प्रधानमन्त्री नचुनिएसम्मका लागि उहाँले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
प्रधानमन्त्री मेले अघि सारेको ब्रेक्जिट रणनीतिलाई लिएर संसद र कन्जर्भेटिभ पार्टीभित्र नै विद्रोह चलिरहँदा उनले राजीनामा घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
डाउनिंग स्ट्रिटमा भावुक शैलीमा आफ्ना कुरा राख्दै प्रधानमन्त्री मेले सन् २०१६ मा यूरोपियन संघको जनमत संग्रहको परिणामको सम्मान गर्नका लागि सक्दो र ‘सर्वश्रेष्ठ प्रयास’ गरेको बताउनुभयो ।
प्रधानमन्त्री मेले ब्रेक्जिट पारित गर्न नसकेकोमा आफूले निकै अफसाेच गरेको प्रतिक्रिया दिनुभयो । ‘तर एक नयाँ प्रधानमन्त्री देशको हितमा थियो,’ उहाँले भन्नुभयो ।
कन्जर्भेटिभ पार्टीले नयाँ नेतृत्व नचुनेसम्म आफूले प्रधानमन्त्रीको रुपमा काम गर्ने उहाँले बताउनुभयो । यही हप्ताबाट नै नयाँ नेतृत्वका लागि प्रक्रिया सुरु हुने बताइएको छ ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको रुपमा काम गर्न पाउनु मेरो लागि जीवनको सबैभन्दा गर्वको कुरा हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।