डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाडौं – विश्वकप फुटबलको रमझम विश्वभरी नै छाएको छ । विश्वकप फुटबल खेल्ने ३२ देश मात्रै होइन, विश्वका धेरै देशमा विश्वकपको माहोलले खुबै छोएको छ ।
नेपाल पनि विश्वकपको रौनकबाट टाढा छैन् । सबैजसो पेशा र व्यवसाय र उमेर समूहका व्यक्तिले विश्वकपलाई नजिकबाट हेरिरहेका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पनि विश्वकप फुटबलले नछुने कुरै भएन । कहिले घरमा त कहिले रेष्टुरेन्टमा साथीभाइसँग पारस खड्काले विश्वकपको मज्जा लिइरहेका छन् ।
‘विश्वभर विश्वकप फुटबल लागेको छ, मलाई पनि नलाग्ने त कुरै भएन, धेरैजसो घरमै रमाइलो गरेर गेमहरु हेरिरहेको छु, केही चाहिँ रेष्टुरेन्टमा साथीभाइ जम्मा भएर हेरिरहेको छु’, कप्तान खड्काले उज्यालो अनलाइनसँग भने, ‘नयाँ–नयाँ देश र नयाँ खेलाडीले राम्रो खेलिरहेका छन, मज्जा लागिरहेको छ ।’
आफू कुनै पनि टिमको फ्यान नभएको पारस बताउँछन् । राम्रो खेल्ने टोलीलाई आफ्नो समर्थन रहने र खेलको मज्जा लिने पारसको भनाई छ ।
तर पनि यही टिमले जितिदिए हुन्थ्यो भन्ने मनमा लागेको छैन ? भन्ने उज्यालोको प्रश्नमा पारसले भने, ‘नयाँ टिमले जित्यो भने खुब रमाइलो हुन्छ होला, स्पोर्ट्स भनेको नयाँ देशले पनि सपना पूरा गर्ने माध्यम हो, हामी आफै पनि हरेक खेलमा माथि उठ्ने प्रयास गरिरहेका छौं, साना देशले जित्यो भने हामी जस्ता देशको लागि झनै हौसला बढ्छ, त्यसैले सकभर जितिरहेका टिमले भन्दा फरक टिमले जितोस भन्ने मेरो चाहना हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
SUNNY BISTA
July 3, 2018, 10:27 p.m.RAMRO SOCHAEE me TOO.