'मोदीलाई प्रधानमन्त्रीका रुपमा पाउने भारतीय नागरिक भाग्यशाली छन्' : राष्ट्रपति ट्रम्प

 जेठ ११, २०७६ शनिबार १४:२५:४ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गरेका छन् । ट्रम्पले मोदीलाई ‘महान् व्यक्ति र एक कुशल नेता’ का रुपमा व्याख्या गरेका छन्। 

ट्रम्पले भारतका नागरिकले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रुपमा पाउनु निकै भाग्यशाली भएको बताएका छन् । ट्रम्पले भरखरै सम्पन्न लोकसभा चुनावको मत परिणाममा ठूलो फड्को मारेको भन्दै मोदीको प्रशंसासमेत गरेका छन् । 

'म प्रधानमन्त्री नरेन्द्र मोदीलाई ठूलो राजनीतिक जितका लागि बधाई दिन चाहान्छु । नरेन्द्र मोदीलाई भारतीय नागरिकले प्रधानमन्त्रीका रुपमा पाएका छन्, यसर्थ भारतीय जनता भाग्यशाली छन्,’ उहाँले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट लेखेका छन्।

 

पत्रकारसँग कुरा गर्दै ट्रम्पले प्रधानमन्त्री मोदीलाई फोन गरेर बधाई तथा आगामी कार्यकालको लागि बधाई दिएको बताए । ‘हाम्रो र भारतको सम्बन्ध अझ सुमधुर हुनेछ,’ उनले भने ।

मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, विश्वका शीर्षस्थ नेतालगायत अमेरिकी उपराष्ट्रपति माइक पेन्से, ट्रम्पकी छोरी तथा सल्लाहकार इभान्का ट्रम्पले पनि बधाई दिएका छन् ।   
 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया