एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
म्याग्दी – राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा निर्माणाधीन मोटरेबल पुल शनिबार दिउँसो बाढीले बगाएको छ ।
निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ । दिउँसो करिब एक घण्टा लगातार परेको वर्षापछि आएको बाढीले निर्माणाधीन पुल बगाएको प्रत्यक्षदर्शी गङ्गा पुनले जानकारी दिनुभयो ।
बाढीका कारण वरपरका बस्ती कटानको जोखिममा परेका छन् । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । ४० मिटर लामो पुल निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चरबीच विसं २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । पाँच करोड ७६ लाख ८० हजार ५५६ रुपैयाँमा सम्झौता भएको पुल २०७५ असार २९ गते सम्पन्न गर्ने लक्ष्य थियो ।
एघार मिटर फराकिलो पुलको गाडी हिँड्ने भाग शुक्रबार मात्र ढलान सकिएको थियो । दुईतर्फ मानिस हिँड्ने पेटी ढलान गर्न बाँकी भएको अवस्थामा बाढीले बगाएको निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले बताउनुभयो ।
डाइभर्सन भत्काएर ढालन अड्याउन ठड्याइएको सटिङ बगाएपछि पुल भत्किएको हो । पुल बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको कार्कीको भनाइ छ । पुलको पिल्लर मात्र बाँकी छ ।
आयोजनाका अनुसार यो पुल प्रिस्टिड प्रविधिको हो । हाल घट्टेखोलाबाटै सवारीसाधन आवतजावत गर्छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनका अनुसार बाढी आउँदा र बर्खाको समयमा सवारी आवतजावत बन्द हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।