आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – 'एक्पर्ट प्रधानमन्त्री कप' एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टिम त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा आर्मीले प्रदेश एकलाई १ सय १३ रनले हरायो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै २ सय ४ रन बनायो । आर्मीका लागि राजेश पुलामीले ५६, हरि चौहानले ४१, विनोद भण्डारीले ३०, करण केसीले २६ र कुशल मल्लले १६ रन जोडे ।
बलिङतर्फ प्रदेश एकका लागि दिपेश कँडेलले तीन तथा फिरादेश अन्सारी र सिद्धान्त लोहनीले समान २ २ विकेट हात पारे ।
२ सय ५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको प्रदेश एक २६ दशमलव ५ ओभरमा जम्मा ९१ रनमा अलआउट भयो । प्रदेश एकका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
निकै कमजोर ब्याटिङ गरेको प्रदेश एकका लागि राजन मगरले सर्वाधिक २६ रन बनाए । २० रनमा पहिलो विकेट गुमाएको प्रदेश एकले ४७ रन बनाउँदा ७ विकेट खेर फालेको थियो ।
त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन र ९१ रनमा अलआउट भयो । बलिङतर्फ आर्मीका सुसन भारीले तीन तथा करण केसीले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।