नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
कंगोकाे मे-एनदोम्बे तालमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ भने दुई सयभन्दा बढी बेपत्ता भएका छन् ।
डुंगा दुर्घटनामा हराइरहेका मानिसहरुको खोजी कार्य भैरहेको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म ३० जनाको शव फेला परेकाे छ । ‘ज्यान गुमाउनेमा १२ जना महिला, ११ जना बालबालिका र सात जना पुरुष रहेका छन्,’ इनोंगो राज्यका मेयर साइमन वेम्बाले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन् ।
दर्जनौं मानिसहरु हराइरहेका हुनोले ज्यान गुमाउनेको संख्या बढ्नसक्ने बताइएको छ । डुंगामा कति जना सवार थिए यो भने पत्ता लाग्न सकेको छैन किनकि डुंगामा कैयौं अवैध प्रवासीहरु पनि थिए । यद्दपि डुंगामा तीन सय ५० भन्दा बढी मानिसहरु रहेको हुनसक्ने एक अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीलाई बताए ।
गएको अप्रिलमा पनि दुई वटा छुट्टा छुट्टै डुंगा दुर्घटनामा एक सय ६० भन्दा बढीले ज्यान गुमाएका थिए ।
कंगोमा यस्तो दुर्घटना भने नौलो होइन । डुंगामा क्षमताभन्दा यात्रुका कारण बर्सेनि धेरै मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।