आज पनि तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली
माघ १९, २०८१ शनिबार
खोटाङ – नेपाल कम्युनिष्ट पार्टी, १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले वर्तमान दुई तिहाईको सरकारको नाममा दम्भ नदेखाउन र नमात्तिन नेकपाका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
नेकपा खोटाङको नेता तथा कार्यकर्ताको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज आचार्यले जित्दा मात्तिने र हार्दा आत्तिने दुबै प्रवृत्तिले पार्टीलाई सिध्याउने बताउनुभयो । ‘कहिलेकहीँ असफल हुँदा आत्तिने र जित्दा मात्तिने गरिन्छ । यो दुई वटै हामीलाई सिध्याउने बाटो हो,’ आचार्यले भन्नुभयो, ‘जनताले दिएको जिम्मेवारीलाई बहुत गर्हाैँ ढंगले लिन सक्नुपर्छ । त्यो जिम्मेवारीलाई महसुस गरेर जनताको भावना अनुसारको काम गर्नुपर्छ । कहिलेकहीँ लाटाको हातमा पापा परेजस्तो गरियो भने विनासको बाटोमा लैजान्छ ।’
प्रदेश इन्चार्ज आचार्यले अहिलेको समयमा बन्दुक पड्काएर समाज परिवर्तन सम्भव नहुने बताउनुभएकाे छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको गतिविधिलाई लक्क्षित गर्दै आचार्यले टाङ्टाङ्–टुङ्टुङ् गरेर बन्दुक पड्काएर परिवर्तन साध्य नहुने बताउनुभयो । उहाँले २०-३० वर्षसम्म जनताले स्मरण गर्नेगरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।