कीर्तिपुरमा कांग्रेस र मोरङको ग्रामथानमा माओवादीकाे अग्रता
मंसिर १७, २०८१ सोमबार
लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारी जितपछि अमेरिकाको चर्चित टाइम म्यागेजिनले यू–टर्न गरेकाे छ । चुनावको दौरान प्रधानमन्त्री नरेन्द्र मोदीलाई डिभाइडर इन चिफ (भारतका प्रमुख विभाजनकारी) भनेको टाइम म्यागजिनले चुनावको परिणाम आएपछि प्रधानमन्त्री मोदीलाई नयाँ दृष्टिले हेरेको छ ।
प्रधानमन्त्री मोदीलाई विभाजनकारी बताउँदै कभर स्टोरी प्रकाशित गरेको टाइम म्यागजिन यसको ठिकविपरीत देखिएको छ । अहिले फेरि आफ्नो एक रिपोर्टमा टाइमले मोदीलाई भारतलाई जोड्ने सबैभन्दा ठूला नेता बताएको छ ।
टाइम म्यागजिनले शीर्षकका साथ एउटा रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टको शीर्षकमा देखिएको छ, ‘मोदीले भारतलाई एकीकृत गरेका छन्, जुन काम एक दशकमा कुनै पनि प्रधानमन्त्रीले गरेका थिएनन् ।’
‘प्रधानमन्त्री मोदी केवल सत्तामा आउन मात्र सफल भएका छैनन्, उनले आफ्नो समर्थनलाई पनि बढाएका छन् । यति मात्र नभई प्रधानमन्त्री मोदी विभाजक रेखा र जातिगत मतभेदभन्दा माथि उठ्न सफल भएका छन्,’ रिपोर्टमा भनिएको छ ।
— TIME (@TIME) May 29, 2019
यता लेखक मनोज लडवाले आफ्नो रिपोर्टमा प्रधानमन्त्री मोदीको जितको पछाडि पिछडिएको जाति भएको बताएका छन् । उनका अनुसार, गरिबहरुका लागि बनाइएको नीतिका कारण हिन्दू मात्र नभई अल्पसंख्यक समुदायका मानिस पनि केही हदसम्म गरिबीको रेखाबाट बाहिर आउन सफल भएका छन् ।
माेदीबारे टाइमकाे 'विवादित' कभर स्टाेरी : ‘इण्डियाज डिभाइडर इन चिफ’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।