धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजनालाई जर्मन सरकारले ...
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै – नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध छ । काठमाण्डौको चन्द्रागिरि नगरपालिका–२ बाँडभञ्ज्याङका सुरुङमार्ग प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाबाट उचित क्षतिपूर्ति नपाएसम्म सुरुङमार्गको काम अघि बढ्न नदिने भन्दै गएको आइतवारदेखि निर्माण कार्य ठप्प पारेका हुन् ।
सुरुङमार्ग निमार्णका क्रममा घरहरूमा समस्या आएको, चिरा परेको र पानी सुकेको भन्दै स्थानीयवासीले आन्दोलन गरिरहेका छन् । पटक–पटक सरकारले वार्ता, भेटघाट तथा आश्वासन देखाए पनि आयोजनाले मागको सुनुवाइ नगरेको उनीहरूको भनाइ छ ।
सुरुङमार्गअन्तर्गत 'फ्लाईओभर' क्षेत्रमा समेत संरचना निर्माण अवरुद्ध भएको छ । सुरुङमार्गको माथिपट्टि पर्ने जग्गामा बनेका सात वटा घर चर्किएपछि नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले ती संरचनाको क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाएको छ । तर स्थानीयवासीले घरसँगैको जग्गाको पनि मुआब्जा दिनुपर्ने माग गरेका चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।