पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई मन्त्री ज्ञवालीकाे आग्रह

 जेठ १७, २०७६ शुक्रबार १२:१७:४७ | उज्यालो सहकर्मी

काठमाण्डाै - परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आह्वान गर्नु भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल हुनेगरी ‘नेपाल भ्रमण वर्ष २०२०’  मनाउने तयारी गरिरहेको पनि स्पष्ट पार्नुभयो । काठमाण्डौमा शुक्रबारबाट सुरु भएको ‘एसिया रेसिलिइन्स समिट–२०१९’ को उद्घाटन गर्दै उहाँले नेपालको भूगोल, जैविक तथा सांस्कृतिक सम्पदाहरुको महत्व उजागर गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि स्पष्ट पार्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा राजनीतिक स्थायित्व कायम भएकाले अब विकास निर्माणको कामले तीव्रता पाउने पनि दोहोर्‍याउनु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत तथा संरचनागत आधार तयार पारेको दावी पनि गर्नुभयो । त्याे सम्मेलनले नेपालमा वैदेशिक लगानी भित्र्याउन महत्वपूर्ण योगदान दिने पनि मन्त्री ज्ञवालीको विश्वास छ ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया