एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
युरोपियन क्लब फुटबलको सर्वाधिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि आइतबार राति प्रिमियर लिगका दुई प्रतिद्वन्द्वी लिभरपुल र टोटनह्याम भिड्दैछन् ।
प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि चुकेको लिभरपुललाई यो सिजन अर्काे उपाधि जित्ने मौका रहेको छ ।
युरोपियन फुटबलको सर्वाधिक धेरै पुरस्कार राशीको प्रतियोगिता जित्न सकेमा लिभरपुल च्याम्पियन्स लिगको उपाधि जित्ने तेस्रो क्लब हुनेछ । छैटौँ पटक यो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलको यो मौका मड्रिडमा कतिको सफल होला त्यो हेर्न बाँकी छ । यता टोटनह्याम पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
सेमिफाइनलमा लिभरपुल र टोटनह्यामले आश्चार्यजनक कमब्याक गर्दै फाइनलमा पुगेका हुन । अघिल्लो संस्करण च्याम्पियन्स लिगमा स्पेनिस क्लबको वर्चश्व रहेका बेला यसपटक इंग्लिस क्लबले जमाएका छन ।
सन् २००८ पछि च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब खेल्न लागेका हुन । त्यस बेला म्यानचेस्टर युनाइटेड र चेल्सी खेलेका थिए ।
यसपटक सेमिफाइनलमा बार्सिलोनाविरुद्ध तीन गोलले पछि परेर ऐतिहासिक कमब्याक गरेको लिभरपुल र अन्तिम मिनेटमा लुकास मोउराको गोलमा फाइनलमा यात्रा तय गरेको टोटनह्यामका खेलाडीका लागि मात्र हाेइन, प्रशिक्षकका लागि पनि उतिकै महत्वपूर्ण छ । जुर्गेन क्लोप र माउरिसियो दुवैले अहिलेसम्म ठूलो प्रतियोगिताको उपाधि जित्न सकेका छैनन ।
गत सिजन पनि च्याम्पियन्स लिगको फाइनलमा पुगेर उपाधि जित्नबाट चुकेको लिभरपुल फाइनलमा रियलसँग तीन-एकले हारेको थियो । फाइनलमा टोटनह्यामका मुख्य खेलाडी ह्यारी केन खेल्ने सम्भावना प्रबल रहेको छ ।
यो खेल केन र मोहम्मद सलाहबीचकाे खेलका रुपमा पनि हेरिएको छ । लिभरपुलका मुख्य खेलाडी सलाहले च्याम्पियन्स लिगको फाइनलमा गोल गरेर टिमलाई उपाधि दिलाउने इच्छा रहेको बताएका छन । त्यसैले पनि फाइनल खेल निकै उत्कृष्ट हुनेमा विश्वास गरिएको छ ।
खेल नेपाली समयअनुसार आइतबार राति १२:४५ मा सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।