नवलपरासीमा ट्राफिक सचेतनाका लागि ‘स्लो मोटरसाईकल रेस’
कात्तिक ३०, २०८१ शुक्रबार
चीनले आज अर्थात् जुन १ देखि केही अमेरिकी उत्पादनमाथि भन्सार कर थपेको छ ।
अमेरिकाले उत्पादन गरेका झण्डै ६० अर्ब अमेरिकी डलरका सामानको सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप कर उठाउने चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । समितिले जनाए अनुसार यसरी लिइने थप करमा सामान अनुसार थप २५ प्रतिशत, २० प्रतिशत र १० प्रतिशतको भन्सार कर रहनेछ ।
यसअघि यस्ता सामानमा थप ६ प्रतिशत कर लिइने गरिएकाे थियाे । चीन–अमेरिका व्यापार विवादबारे अमेरिका र चीनबीच लामो समय छलफलपछि विश्व समुदायले विवाद अन्त्य गरी दुई ठूला अर्थतन्त्रले सम्झौता गर्ने अपेक्षा गरिएको थियो ।
चीनले विचार विमर्श र छलफलमार्फत व्यापार द्वन्द्व र मतभेद समाधान गर्न प्राथमिकता दिइरहेको बेला अमेरिकाले पेलेर अघि बढ्न खोजेकोले बाध्य भएर यस्तो कमद चालिएको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।