सुन आयातमा लाग्ने भन्सार दर घटेसँगै बजारमा प्रभाव, मूल्य घट्न ...
मंसिर ११, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका सिलसिलामा लन्डन आइपुगेका छन् ।
लण्डन ओर्लानासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खानविरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीटसमेत गरेका छन् । विरोधका बीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ ।
राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनेछन् ।
राष्ट्रपति ट्रम्पले गरेकाे ट्वीटमा अमेरिकाको महत्वपूर्ण साझेदार देश बेलायतको भ्रमण गर्दा आफूलाई लण्डनका मेयर सदिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको बताएका छन् । यी दुवै नेताबीच बेलाबखत एकअर्काका नीतिमाथि ट्वीटर मार्फत सार्वजनिक रुपमै आरोप प्रत्यारोप हुने गरेको छ ।
ट्रम्पले भनेका छन्, 'खानले लण्डनका बारेमा चिन्ता लिए पुग्छ, मेरा बारेमा होइन ।' खानले आइतबार एक अखबारमा लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् १९३० र १९४० को दशकका युरोपेली अधिनायकवादी नेतासँग तुलना गरेका थिए ।
.@SadiqKhan, who by all accounts has done a terrible job as Mayor of London, has been foolishly “nasty” to the visiting President of the United States, by far the most important ally of the United Kingdom. He is a stone cold loser who should focus on crime in London, not me......
— Donald J. Trump (@realDonaldTrump) June 3, 2019
राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा सोमबार र मंगलबार लन्डनमा दुईवटा विशाल प्रदर्शनका तयार भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।