अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको विजयी शुरुआत
फागुन ५, २०८१ सोमबार
बलिउड अभिनेता शाहरुख खान जति चर्चित छन्, उनी बस्ने घर ‘मन्नत’ को पनि त्यति नै चर्चा हुने गर्छ । शाहरुख खानले त्याे बंगला सन् २००१ मा १३.३२ करोड रुपैयाँमा खरिद गरेका थिए ।
आज यो बंगलाको मूल्य २०० करोड रुपैयाँभन्दा बढी भइसकेको छ । शाहरुख खानको यो आलिशान बंगला उनले खरिद गर्नुभन्दा अघि सलमान खान लिनका लागि तयार भएका थिए । सलमान खानले आफ्नो आउँदै गरेको चलचित्र ‘भारत’ प्रमोशनका क्रममा यसबारेमा खुलासा गरेका छन् । ‘यदि मेरा बुवा सलीम खानले मलाई ‘तिमी यति ठूलो घरले के गर्ने छौ ? नभनेको भए शाहरुख खानको ‘मन्नत’ मेरो हुने थियो’, सलमान खानले भने ।
सलमान खानका अनुसार, जब उनी आफ्नो करियरको सुरुवात गरिरहेका थिए, त्यसबेला ‘मन्नत’ उनलाई अफर गरिएको थियो । सलमानले यस विषयमा उनका बुवासँग कुरा पनि राखेका थिए । सलमानले भने ‘जब मैले आफ्ना पिता सलीम खानलाई यस विषयमा सोध्दा उहाँले भन्नुभयो– यति ठूलो घरले तिमी के गर्नेछौ ?’
बुवाको यस्तो जवाफपछि सलमान खानले ‘मन्नत’ खरिद गर्ने सोच परिवर्तन गरेका थिए । सलमानले शाहरुख खानलाई हाँसो मजाक गर्दै प्रश्न पनि गरे, ‘आँखिर तिमी यति ठूलो घरले के गरिरहेका छौं ?’
शाहरुख खानले केही समयअघि आफ्नो विगतका दिनलाई सम्झँदै भनेका थिए, ‘कति धेरै समस्याको सामना गरेर मैले बंगला खरिद गरेको थिएँ ।’ साथै उनले ‘मन्नत’ उनका लागि किन यति धेरै विशेष रहेको छ भन्ने बारेमा पनि बताएका थिए ।
शाहरुखले भनेका थिए, ‘म दिल्लीको हुँ । दिल्लीका बासिन्दाहरु महलमा बस्न रुचाउँछन् । मुम्बईमा मानिसहरु अपार्टमेन्टमा बस्छन् । तर दिल्लीमा भने मानिसहरु धेरै धनी नभए पनि आफ्नै घरमा बस्न मन पराउँछन् । दिल्लीबाट मुम्बई आउँदा म विवाहित थिएँ र म मेरी पत्नी गौरीसँगै एक अपार्टमेन्टमा बस्थेँ । त्यसबेला गौरीको माइतीघरका मानिसहरु आएर भनेका थिए- ‘तिमीहरु कति सानो घरमा बस्दा रहेछौ ।’
‘त्यसपछि मैले ‘मन्नत’ देखेँ र त्यो दिल्लीको महलहरु जस्तै लाग्यो । आलिशान सुन्दर बंगला देख्ने बित्तिकै मलाई मन पर्यो । पछि त्यस बंगलाका मालिकसँग अनेकौ कोसिस गरेर बंगला बेच्न अनुरोध गरेँ । र मैले ‘मन्नत’ खरिद गरे । यो मेरो अहिले सम्मको महंगो चिज हो ।’ शाहरुखले भने ।
शाहरुखले सुरुमा यस बंगलाको नाम ‘जन्नत’ राखेका थिए । ‘जन्नत’ को अर्थ स्वर्ग हो । स्वर्ग जस्तो सुन्दर बंगलामा बस्न थालेपछि शाहरुखका हरेक मनोकांक्षा पूरा हुन थाले । त्यसपछि उनले उक्त बंगलाको नाम ‘जन्नत’ बाट परिवर्तन गरेर ‘मन्नत’ राखेका हुन् ।
शाहरुख खानको ’मन्नत’ मा कैयौं चलचित्रको छायाँकन भइसकेको छ । अभिनेता सनी देवलको फिल्म ‘नरसिंहा’ को क्लाइमेक्सको छायाँकन यही महलमा भएको थियो । डेभिड धवनको निर्माण तथा गोविन्दाको अभिनय रहेको फिल्म ‘शोला शबनम’ को छायाँकन पनि यही भएको थियो ।
साथै सन् २०१६ मा रिलिज भएको शाहरुख खानको फिल्म ‘फ्यान’ का कैयौँ दृश्यहरु ‘मन्नत’ कै वरपर छायाँकन गरिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।