मुख्यमन्त्री पौडेललाई  भेट्न प्रधानमन्त्री ओली अस्पतालमा

 जेठ २१, २०७६ मंगलबार १२:२९:५० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – प्रदेश ३ नम्बर का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया भएको छ ।

उहाँको मुटुको शल्यक्रियापछि अहिले आईसीयूमा राखिएको प्रेस संयोजक प्रकाश दाहालले बताउनुभयो । अप्रेशन गरेर अस्पतालमा रहनुभएका मुख्यमन्त्रीलाई भेट्नका लागि आउनुभएका प्रधानमन्त्री ओलीले अप्रेशन सफल भएकाले आराम गर्नका लागि सुझाव दिनुभएको छ ।

उहाँको मुटुको सफल रुपमा एनजिओप्लाष्ट गरिएको छ । मुटुको नियमित परीक्षणका लागि काठमाण्डौको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलको आइतबार एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।

अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उहाँको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा. अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । 

मंगलबार मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले भेट गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताउनुभयो ।

अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीका सचिवालयले जानकारी दिएको छ । यद्यपि जेठ २४ र २५ गते हेटौडामा हुने प्रदेश समन्वय परिषदको बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुने सचिवालयको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया