आज पनि तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली
माघ १९, २०८१ शनिबार
माेरङ - इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुभएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले ‘आफ्नो अभिव्यक्तिले सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाइ आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु,’ भन्नुभएको छ । साथै उहाँले आफू उदण्ड प्रवृत्तिको व्यक्ति नभइ अनुशासित व्यक्ति रहेको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
‘गएको जेठ २१ गते इटहरीका एक जना पत्रकार फेसबुक र फोनमार्फत आक्रोशपूर्ण ढंगले प्रस्तुत भएपछि आफू पनि आवेगमा आउँदा व्यक्त भएका भनाइहरुले उहाँ र सिंगो सञ्चार जगतमा पर्नको चोटप्रति दुःख प्रकट गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो सञ्चारजगत प्रति चोट पुर्याउने कुनै मनसाय नरहेको र प्रेस स्वतन्त्रता प्रति आफू प्रतिबद्ध रहेको पनि चौधरीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । साथै मेयर चौधरीले इटहरीको समृद्धि र विकासमा सञ्चारजगतसहित सबैको साथ आवश्यक रहेको पनि बताउनुभएको छ । आफू भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको अभियानमा रहेको र यो अभियानमा सञ्चारजगको पनि रचनात्मक भूमिका अपरिहार्य रहेको भन्दै त्यसका निम्ति सहयोग र सहकार्य राख्न उहाँले अग्रह पनि गर्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।