पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
जेठ ५ – क्यूवामा विमान दुर्घटना हुँदा सयभन्दा बढीको ज्यान गएको छ ।
बोइङ–७३७ नम्बरको जहाज क्यूवाको मुख्य विमानस्थल हवाना नजिकै दुर्घटना हुँदा सय जनाको ज्यान गएको हो । क्यूवामा भएको यो दुर्घटना गएको दशककै सबैभन्दा ठूलो दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । दुर्घटनाग्रस्त विमानबाट तीन जना महिलाको उद्धार गरिएको छ । तर उद्धार गरिएका महिलाको अवस्था चिन्ताजनक रहेको बीबीसीले उल्लेख गरेको छ ।
४० वर्ष पुरानो त्यो विमानमा १०४ जना यात्रु र ६ जना जहाजको टोली रहेका थिए । विमान शुक्रबार दुर्घटना भएको हो । जहाज हवाना विमानस्थलबाट स्थानीय होलगुइन विमानस्थलतर्फ छुट्दै गर्दा दुर्घटना भएको हो । विमानमा ५ जना विदेशी नागरिक पनि रहेको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।