अमेरिकी डलर अहिलेसम्मकै उच्च : एक डलरको बिक्रीदर एक सय ३७ रु...
पुस २७, २०८१ शनिबार
हङकङमा सुपुर्दगी कानुन संशोधनको विरोधमा भएकाे प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । प्रहरीले प्रदर्शनकारीहरुको भिड तितर बितर गर्नको लागि अश्रुग्याँस पनि बर्साएको छ ।
बुधबार अनुहार ढाकेर आएर प्रदर्शनकारीहरुले सरकारी भवन जाने मुख्य बाटो बन्द गर्दै सरकारी भवन घेर्न सुरु गरेका थिए । प्रदर्शनकारीहरुले शहरको मुख्य सडक जाम गर्दै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
सरकारको नयाँ सुपुर्दगी कानुनका अनुसार, अपराधीमाथि मुद्दा चलाउनका लागि उनीहरुलाई चीन पठाउनुपर्ने हुन्छ ।
प्रदर्शनका क्रममा विधान परिषदमा पनि यो कानुनमाथि दोहोर्याएर चर्चा हुन पाएन । प्रदर्शनकारीहरुले गएको आइतबार १० लाख मानिसहरुले सडकमा आएर प्रत्यार्पण कानुनको विरोध गरेको बताएका छन् ।
प्रहरीले आन्दोलनमा झण्डै साढे दुई लाख मानिसहरु भएकाे बताए ।
सरकारले भने व्यापक विरोधको बाबजुद पनि कानुनलाई अघि बढाउने बताएको छ । स्थानीय सञ्चारमाध्यममा आएको रिपोर्ट अनुसार, आगामी २० जुन मा चीन समर्थक विधायिका परिषदको बैठक हुनेछ र यो कानुन पारित हुने विश्वास लिइएको छ ।
बुधबार पारिषदको भवनलाई प्रदर्शनकारीहरुले घेरेका थिए र त्यस दौरान प्रहरीसँग उनीहरुको भिडन्त भयो ।
प्रहरीको एक बयानमा भनिएको छ, ‘प्रदर्शनकारीहरुको यो तरिका शान्तिपूर्ण प्रदर्शनभन्दा पर गैसकेको छ, हामी बल प्रयोग गरेर हटाउन बाध्य हुनेछौँ ।’
स्थानीय सिंग ताओ डेली खबरका अनुसार, हङकङको प्रशासनिक मुखिया मेथ्यू शेउंगले मुख्य बाटो जाम गर्ने प्रदर्शनकारीहरुलाई तुरुन्त हटाउन माग गरेका थिए । ‘यो कानुन फरार रहेका र गम्भीर अपराधमा संलग्न भएकाहरुमाथि मात्र लागू हुनेछ,’ उनले भने ।
तर प्रदर्शनकारीहरु भने यो कानुन रद्द हुनुपर्ने माग गर्दै आइरहेका छन् । आलोचकहरुका अनुसार, चीनको न्यायिक व्यवस्थामा यातना दिनु, मनोमानीरुपमा बन्दी बनाएर राख्ने र जबर्जस्ती अपराध कबुल गराउनु आम कुरा हो ।
सन् १९९७ मा बेलायती सरकारले हङकङको यो इलाका चीनलाई सुम्पिएको थियो र त्यसपछिको यो सबैभन्दा ठूलो प्रदर्शन हो ।
सन् २००३ मा पनि राष्ट्रिय सुरक्षामाथि ल्याइएको कानुनको विरोधमा प्रदर्शन भएको थियो । त्यस समयमा चीन पछि हटेको थियो । तर अहिले हङकङमाथि बेइजिङको पकड निकै मजबुत छ ।
सन् २०१४ मा लोकतन्त्रको समर्थनमा भएको प्रदर्शनपछि चीनको दबादबा विश्वभरि नै बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।