शाह वंशीय राजा महेन्द्रबारे नकारात्मक टिप्पणी नगर्न राप्रपा अध्यक्ष कमल थापाकाे आग्रह

 जेठ २९, २०७६ बुधबार १८:४६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शाह वंशीय राजा महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गर्नुभएको छ । 

अध्यक्ष थापाले शाह वंशीय राजा महेन्द्रलाई निरंकुश राजाको संज्ञा दिने काम गर्नु सही विश्लेषण नभएको तर्क पनि गर्नुभयो । बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले महेन्द्रले राजाको रुपमा विश्वसामु नेपाललाई स्वतन्त्र राष्ट्रको पहिचान दिलाएको उल्लेख गर्दै हरेक देशभक्त नेपालीले उहाँको योगदानलाई भुल्न नमिल्ने पनि बताउनु भयो ।

अध्यक्ष थापाले तत्कालीन राजा महेन्द्रले नेपालको स्वतन्त्रताको रक्षा गर्न २०१७ सालको कदम चालेको दावी पनि गर्नुभयो ।

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया