नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – समाजवादी पार्टी नेपालले शुक्रबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने भएको छ । झण्डा र चुनाव चिन्ह टुंगो लगाएर शुक्रबार दिउँसो साढे १२ बजे दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको समाजवादी पार्टीले जनाएको छ ।
चुनाव चिन्ह र झण्डाबारे आजै बस्ने पदाधिकारीको बैठकले टुँगो लगाउने तयारी छ । यसअघि संघीय समाजबादी फोरमले प्रयोग गरेकै झण्डालाई नयाँ दलको पनि झण्डा बनाउने कुरामा लगभग सहमति रहेको तर चुनाव चिन्ह भने के राख्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।
नेताहरुका अनुसार यसअघिको संघीय समाजवादी फोरमको झण्डा नयाँ दलको पनि झण्डा हुने निर्णय भए चुनाव चिन्ह यसअघिको नयाँ शक्तिले प्रयोग गरेको चिन्ह आँखा हुने वा नयाँ चिन्ह राख्न प्रस्ताव गर्ने भन्नेबारे शुक्रबारको बैठकले निर्णय गर्नेछ । यसअघिको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल मिलेर समाजवादी पार्टी बनेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।