स्वास्थ्य सेवा ऐन ल्याउने तयारी : स्वास्थ्य क्षेत्रका ५८ हजारभन्दा ...
मंसिर ७, २०८१ शुक्रबार
चितवन - पूर्व शिक्षामन्त्री धनीराम (डिआर) पौडेलकाे पार्थिव शरीरमा उहाँकी श्रीमती, छाेरीहरुका साथै नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले दागबत्ती दिनुभएको छ ।
५४ वर्षीय पाैडेलकाे शुक्रबार बिहान ७ बजे हृदयघातबाट निधन भएको थियो । उहाँ पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएकाे बेला शिक्षामन्त्री हुनुहुन्थ्याे ।
दागबत्ती दिनुअघि पौडेलको पार्थिव शरिरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।
माडी, रमाइलो डाँडा स्थायी घर भएका पौडेल घरमा बिहान काम गरिरहेको अवस्थामा एक्कासी ढलेको आफन्तले बताएका छन् । उपचारका लागि तत्काल माडीको बघौडा अस्पताल ल्याइए पनि उहाँलाई बचाउन नसकिएको स्वास्थ्यकर्मीहरुले जानकारी दिए ।
माडीको बघौडा अस्पताल अगाडि खुला चौरमा पौडेलको शरीर श्रद्धाञ्जलीका लागि राखिएको थियो । गृहमन्त्री रामबहादुर थापा बादल, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता अमिक शेरचन, बामदेव गौतम, शिक्षामन्त्री गिरीराजमणि पोख्रेल, नेकपाका प्रमुख सचेतक देव गुरुङ्, नेकपा प्रदेश नम्वर तीनका अध्यक्ष नारायण दाहाल, प्रदेश ३ का आर्थिक मामिला तथा कानुनमन्त्री शालिग्राम जमरकट्टेल, प्रदेशका सांसदहरु, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, भरतपुर महानगर प्रमुख रेनु दाहाल, माडी नगरप्रमुख ठाकुर ढकाल लगायतले श्रद्धान्जलि अर्पण गर्नुभएको थियो ।
श्रद्धान्जलि कार्यक्रममा नेकपाका अध्यक्ष दाहालले जारी गर्नुभएकाे शोक विज्ञप्ति पढेर गरेर सुनाइएको थियो । विज्ञप्तिमा पौडेलको निधनले सिंंगो पार्टी र देशलाई नै अपूरणीय क्षती पुगेको जनाइएको छ ।
बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट वि सं २०२२ कार्तिक ४ गते तत्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका पौडेल वि.सं. २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो ।
मोहनविक्रम सिंंह र निर्मल लामाले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशनको विद्यार्थी संगठनको कार्यकर्ताका रुपमा राजनीति सुरु गर्नुभएका पौडेल वि.सं. २०३९ सालमा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, वि.सं.२०४१ मा केन्द्रीय सदस्य हुँदै वि.सं.२०५१ मा तत्कालीन नेकपा एकता केन्द्र विभाजनपछि अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय संयोजक समेत बन्नुभएको थियो ।
दोस्रो संविधानसभामा उहाँ संविधान सभाको सदस्य बन्नुभएको थियो । त्यसै समयमा अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा उहाँले शिक्षा मन्त्रालयकाे जिम्मेवारी पूरा गर्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।