गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्छ: बिजुक्छे

 जेठ ३१, २०७६ शुक्रबार १९:३५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गामा किसानले मोहियानी हक पाउन] व्यjस्था हुनुपर्ने बताउनुभएको छ । 

भक्तपुर नगरपालिकाले सञ्चालन गरेकाे ख्वप मावि र ख्वप कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको ‘नेसनल कन्फरेन्स अन रोल अफ म्यानेजमेन्ट’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

अध्यक्ष बिजुक्छेले जग्गाबाट उठेका कर जनताकै लागि खर्च गर्नुपर्नेमा जोड दिँदै गुठी जग्गा र घरहरू स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो । आर्थिक समृद्धिको नाराले मात्र देश विकास नहुने बताउदै साँचो अर्थमा देशलाई समृद्धिको यात्रामा डाेर्‍याउन आर्थिक गतिविधिहरूमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक व्यवस्था राजनैतिक व्यवस्थाद्वारा निर्देशित हुने बताउँदै देशको राजनैतिक, आर्थिक र भौतिक शक्ति समाजकेन्द्रित गर्दै लानु नै समाजवादतिर जाने बाटो भएकाे अभिव्यक्ति दिनुभयो ।

नेपाल सरकारले आर्थिक ऐन संशोधन गरी कालो सूचीमा परेकालाई बोलपत्रमा भाग लिन नपाउने, काम सकिएको पाँच वर्षसम्म ठेकेदारले नै मर्मत गर्नुपर्ने, मुद्दा खेपिरहेका ठेकेदारले टेन्डरमा भाग लिन नपाउनेलगायतका व्यवस्थालाई महिना नबित्दै खारेज गरी बेइमान ठेकेदारहरूको मनोबल बढेको भनाइ राख्नुभयो । 

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले भक्तपुरको कला–संस्कृति संरक्षण र सम्पदा पुनःनिर्माणमा तीव्र रुपमा अगाडि बढिरहेको बताउनुभयो । 

भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी उपरीक्षक सबिन प्रधान, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका उपप्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप कलेजका उपप्राचार्य राजेशकुमार श्रेष्ठलगायतले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
  

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया