पछिल्लो ३० वर्षमा पृथ्वीको तीन चौथाइ जमिन स्थायी रूपमा सुक्खा ...
मंसिर २७, २०८१ बिहिबार
दाङ - दाङमा सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ढलान भत्कँदा तीन जना मजदुरकाे ज्यान गएकाे छ ।
लमही नगरपालिका वडा नम्बर ७ मा रहेकाे सम्राट सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ६ तल्ला माथिकाे ढलान भत्किँदा भारतीय मजदुरकाे ज्यान गएकाे हाे । घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताउनुभयाे ।
मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन ।
घटनामा परि अजय हेरेन, दिपेन बाेडाेलइ, नरेन बाेडलइ घाइते भएका छन् । जसमध्ये अजय हेरेन र नरेन बाेडाेलाई थप उपचारको लागि बुटवल लगिएको छ । घाइतेहरुकाे फलाेरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियाे ।
घटना राति २ बजे भएको बुझिएको छ । घटनाकाे अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
विश्वास बाबु पोखरेल
June 15, 2019, 7:29 a.m.साह्रै दु:खद घटना। यसको उचित छानबिन हुनु जरुरी छ, उद्योगले न्युनतम सुरक्षाको मापदण्ड पूरा गरेको भए सायद यो अवस्था आउने थिएन। अनि अर्को कुरा, मृतकहरु भारतीय रहेछन्, नेपालीहरु काम नपाएर श्रमको खोजिमा दैनिक बिदेशिनेको ताँती छ, तर यहाँँको श्रम बजार भारतीयहरुले धानिदिएका छन् । सरकारको गफै बढी भयो, काम गर्नुपर्यो काम।