हमासले आज थप तीन जना इजरायली बन्धक रिहा गर्ने : आज छुट्ने सू...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – सत्तारुढ दलका सांसद जनार्दन शर्माले बजार नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्ने काम भएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै सांसद शर्माले विश्वव्यापिकरण लगायतका नाममा सबै बजार छाडा छाड्ने काम भएको भन्दै अनुगमन, नियन्त्रण र नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले अखाद्य वस्तु आयातमा रोक लगाउन पनि माग गर्नुभयो ।
उहाँले सञ्चार मन्त्रालयलाई नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउन आग्रह गर्नुभयो । सांसद शर्माले प्रविधिको नाममा ग्राहकलाई दुःख दिने काम बन्द गरेर विकल्प प्रविधि खोजी समस्या समाधान गर्न आग्रह गर्नुभयो । फ्रिक्वेन्सी बाँडफाँडबारे समय समयमा चर्चा हुने गरेको भन्दै उहाँले नेपाल टेलिकम जस्तै अर्को सरकारी संस्था बनाउन सरकारलाई सुझाव दिनुभयो ।
उहाँले असंलग्न परराष्ट्र नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । असंलग्न परराष्ट्र नीति स्पष्ट नभएकाले जनता दोधारमा परेको भन्दै उहाँले सरकारको दृष्टिकोण स्पष्ट पारिनुपर्ने तर्क राख्नुभयो । कतै पनि नढल्किइकन दृढतापूर्वक राष्ट्रिय हितमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद शर्माले विभिन्न देशका लागि नियुक्त गरिएका राजदूतले गर्ने काम, कर्तव्य र अधिकार तथा नियुक्तिको मापदण्डमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपालको लागि विभिन्न मुलुकका राजदूतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा पनि त्यसबारे परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नजनाएको भन्दै उहाँले त्यसतर्फ पनि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, नेपालमा रहेको विभिन्न मुलुकका राजदूतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्नुभयो । 'यसको बारेमा परराष्ट्रले के गर्यो खै ? हामीले केही जानकारी पाएनौँ । परराष्ट्रलाई केही थाहा छ कि छैन ? उहाँहरु त्यसरी बोल्ने हो कि होइन ? कसलाई हामी थुन्छौँ, कसलाई हामी के गर्छौँ भनेर भन्न पाइन्छ कि पाइँदैन ? यसको बारेमा के गर्याे परराष्ट्रले, त्यो कुरा जनताले थाहा पाउनुपर्दैन ?' उहाँले भन्न्भयाे ।
नेपाल कुनै देशको निर्देशनमा नचल्ने भन्दै उहाँले विदेशी कुटनीतिज्ञहरुबाट हुने हस्तक्षेपकारी कार्य रोक्न माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।