हमासले आज थप तीन जना इजरायली बन्धक रिहा गर्ने : आज छुट्ने सू...
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - सत्तारुढ दल नेकपाकै सांसदले गृह मन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै नेकपाका सांसद गजेन्द्रबहादुर महतले अधिकार धेरै भए पनि गृह मन्त्रालयले त्यसको उपयोग गर्न नसकेको बताउनुभएको हो । उहाँले गृहमन्त्रालयलाई 'अजिंगर' काे संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, 'म त गृह मन्त्रालय कस्तो देख्छु भने ‘अजिंगर’ जस्तो । नजिक आए खाइदिने टाढा गएर शिकार नगर्ने । अहिले हाम्रो गृह मन्त्रालय यस्तो छ ।'
प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयले राम्रोसँग काम नगर्दा सर्वसाधारण सरकारले नै प्रतिबन्ध लगाएको विप्लव समूहसँग न्याय खोज्न जाने गरेको खुलासासमेत उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, '७७ वटै जिल्लाका सीडीओ छन् । प्रहरी प्रमुखहरु छन् । उनीहरुलाई निर्देशन दिने हो भने धेरै काम हुन्छ । भ्रष्टाचार आधा कम हुन्छ । जनताको आधा समस्या हल हुन्छ । मान्छेहरुले विप्लवकोमा ‘ओइ मेरो मुद्दा हेरि दे’ भन्न जानु पर्दैन ।'
भ्रष्टाचार नियन्त्रणमा अहिले पनि कमी नआएको भन्दै उहाँले जनताको र देशको पक्षमा काम गर्ने सिडिओ पठाउने व्यवस्था गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, 'गृह मन्त्रालयले चाह्यो भने दुई तिहाईको सरकारलाई चाँडो भन्दा चाँडो रिजल्ट दिन सक्छ । यो त न जनतासँग जोडिएको छ न जनप्रतिनिधिसँग जोडिएको छ । कसरी चलिरहेको छ ?
उहाँले क्षमतावान व्यक्तिहरुलाई जिल्ला पठाउन पनि सुझाउनुभयो । उहाँले भन्नुभयो, 'सीडीओ अलि छानेर पठाउनुपर्यो नि । नेकपाको प्रतिनिधि पठाउनु भन्या होइन । अलि क्यापेबल पठाउनुहोस् । त्यहा गएर खाली चिया खाएर गफ गर्ने, गाई चराउन जाने सीडीओ हामीलाई चाहिएको छैन । हामीसँगै टक्कर दिने सीडीओ चाहियो के ।'
सांसद महतले नेपाल टेलिकमका कर्मचारीले एनसेलसँगको मिलेमतोमा आफ्नो सेवाको गुणस्तरमा कमी ल्याउने काम गरेको उल्लेख गर्दै त्यसतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।