राष्ट्रिय परिचयपत्र नभएका कारण हुने झन्झट अन्त्य गर्न सर्वोच्चको आदेश
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्न लाग्नुभएको सम्बोधन प्रतिपक्षी दलको विरोधका कारण रोकिएको छ ।
सुरुमा प्रतिपक्षी दलका सांसदले आफ्नो भनाइ पहिला राख्नुपर्ने माग राख्दै संसद बैठकमा नाराबाजी गरेपछि प्रधानमन्त्रीको सम्बाेधन रोकिएको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न समय दिएलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु बसेको ठाउँबाट उठेर रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरिरहेका छन् ।
यसअघि दलका सचेतकसँग सभामुख महराले गर्नुभएको छलफलमा प्रतिपक्षी दलका सांसदलाई पहिले बोल्न समय दिनुपर्ने माग गरेका थिए । बैठक सुरु हुनुअघि पटक-पटक भएको छलफलमा पनि सहमति नहुँदा एक घण्टापछि बैठक सुरुभएको थियो ।
५ मिनेटसम्म पनि प्रतिपक्षी दलका सांसदले नाराबाजी गर्न नछाडेपछि सभामुख महराले बैठक स्थगित भएको निर्णय सुनाउनुभयो । अब अर्को बैठक बुधबार बस्ने गरी स्थगित भएको छ ।
प्रधानमन्त्री सम्बोधनका लागि पोडियममा पुगेको भए पनि नाराबाजीका कारण नबोली फर्कनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वीरेन्द्र शर्मा
June 18, 2019, 8:57 p.m.ए. मा. ले. ले पनि ५७ दिनसम्म, - संसद अवरुद्ध गरेकै थ्यो. - अर्थमंत्रीको ब्रीफकेश फोडेकै थ्यो. - संसद भवनको कुर्सीहरु भांचेकै थ्यो. अहिले, ने.का.ले पनि सोही सिको गरेर पालो फर्काउंदैछ.
Narendra Singh Nagari
June 18, 2019, 1:22 p.m.कस्तो रमाइलो गर्दैछन् , राजनीतिज्ञहरु सायद यही जात्रा देखाउने ठाउँ नपुगेर गुठीको जमीनमा आँखा गा'को होला /