इङ्ग्ल्याण्डसँगको टी–२० शृङ्खला भारतले एक खेल अगावै जित्यो
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले संसदमा दिएको अभिव्यक्तिले फरक क्षमता भएका व्यक्तिलाई चोट पुग्न गएको भन्दै माफी माग्नु भएको छ ।
संसदमा प्रस्तावित गुठी विधेयकका बारेमा आफ्नो धारणा राख्ने क्रममा कांग्रेस सांसद बडूले सरकारको आलोचना गर्न फरक क्षमता भएका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गर्नु भएको थियो ।
बडूको अभिव्यक्तिप्रति पत्रकार गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जालमै आलोचना गर्दै बडूले प्रयोग गरेका आपत्तिजनक शब्दहरु संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको थियो । त्यसपछि कांग्रेस सांसद गगन थापाले पत्रकार बुढाथोकीको माग जायज भएको भन्दै त्यसलाई सम्बन्धित ठाउँसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
— Dilendra Prasad Badu (@dpbadu) June 17, 2019
पछि कांग्रेस सांसद बडूले आफूले कुनै समूहलाई चोट पुर्याउन नखोजेको भन्दै माफी माग्नु भएको छ । उहाँले पत्रकार बुढाथोकीको ट्वीटमा जवाफ दिँदै लेख्नु भएको छ, ‘प्रस्तुत गुठी विधेयककोविरुद्ध बढ्दो आन्दोलनलाई सरकारले नदेखेको तथा जायज आवाजलाई नसुनेको दोषारोपण गर्दा प्रयोग भएका शब्दहरुबाट पर्न गएको पीडाका निमित्त क्षमा याचना गर्दछु । फरक क्षमता भएका व्यक्ति वा समूहलाई पीडा पुर्याउने मेरो कुनै आशय कदापि हुन नसक्ने यथार्थ समेत अनुरोध गर्दछु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।