हमासले आज थप तीन जना इजरायली बन्धक रिहा गर्ने : आज छुट्ने सू...
माघ १९, २०८१ शनिबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले जनचासोको महत्वपूर्ण विषयमा संसदलाई जानकारी गराउन लाग्दा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गर्नु दुःखद भएको प्रतिक्रिया दिनुभएको छ ।
प्रतिपक्षी दलका सांसदले आफ्नो भनाइ प्रधानमन्त्रीको सम्बोधन भन्दा पहिला राख्नुपर्ने माग राख्दै संसद बैठकमा नाराबाजी गरेपछि बैठक स्थगित हुन पुगेको थियो ।
सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न समय दिएलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु बसेको ठाउँबाट उठेर रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए ।
— K P Sharma Oli (@kpsharmaoli) June 18, 2019
ट्वीट गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली कांग्रेसले रोष्ट्रम घेरी अवरोध गरेका कारण हालैको युरोप भ्रमण र गुठी विधेयकका विषयमा सदनलाई जानकारी गराउन नपाएकोमा दुःख लागेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले ट्वीटमा लेख्नुभएको छ, ‘प्रतिपक्षी नेपाली कांग्रेसले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसामयिक विषयमा रहेको जनचासोको सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइनँ । यस घटनाबाट म दुःखी भएको छु ।’
कांग्रेसको अवरोधका कारण संसदको अर्को बैठक बुधबार १२ बजे बस्ने गरी स्थगित भएको छ ।
प्रधानमन्त्रीले बाेल्ने हाेइन, जवाफ दिने हाे : सभापति देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
मंगलबारको प्रतिनिधि सभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले बोल्ने नभइ जवाफ दिने हो भन्दै अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, 'प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँ पनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।