नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रिय जनमोर्चाले भारतको छत्तीसगढ प्रहरी बिनाअनुमति नेपाल आएको घटनाले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थिति उजागर गरेको बताएको छ ।
मंगलबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति सार्वजनिक गर्दै बिनासूचना वा कूटनीतिक पहल नगरिकन एउटा स्वतन्त्र र सार्वभौम देशको क्षेत्राधिकारभित्र आएर अर्को देशको प्रहरीले खानतलासी वा कुनै अनुसन्धान गर्नु अन्तर्राष्ट्रिय कानुनी मान्यताविपरीत भएको बताउनु भएको छ । साथै उहाँले यस्तो काम स्वतन्त्र र सार्वभौम देशविरुद्धको कुरा भएको बताउनु भएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय प्रहरी कसरी अछाम पुग्न सफल भयो ? यो प्रश्नले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थितिलाई बताउँछ । स्वतन्त्र र सार्वभौम मुलुकहरूले आपसमा वा आफ्ना नागरिकहरु बीचको समस्यालाई समाधान गर्नका लागि अपनाउने विधि र उपायहरू अन्तर्र्राष्ट्रिय कानुनहरुले निश्चित गरेका छन् । कुनै खानतलासी वा अनुसन्धानका लागि इन्टरपोलद्वारा आउनुपर्दछ ।’
यो घटनाले भारतीय साम्राज्यवादको नेपालप्रतिको रबैयालाई थप उजागर गरेको जनमोर्चाले जनाएको छ । आफ्नै प्रान्त वा राज्यहरु सरह व्यवहार गरेर खानतलाशील गर्ने भारतीय प्रहरीको व्यवहार निन्दनीय भएको भन्दै जनमोर्चाले भ्रत्र्सना गरेको छ । यस विषयबारे आवश्यक छानबिन र कारबाही गर्नका लागि पनि जनमोर्चाले सरकारसँग माग गरेको छ ।
के हो घटना ?
अनुमतिबिना नै सादा पोसाकका तीन जना भारतीय प्रहरी अछाम आएका छन् । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका एक युवकले भारतबाट केटी भगाएर ल्याएपछि भारतको कोरवा जिल्ला छत्तीसगढबाट तीन जना प्रहरी बिना अनुमति अछाम पुगेका हुन् ।
उनीहरूका साथमा कोरवा प्रहरीको पत्र रहेको जनाइएको छ । सोमबार दिउँसो अछाम पुगेका भारतीय प्रहरीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको तर नियन्त्रणमा भने नलिइएको अछाम प्रहरीले जनाएको छ । भगाएर ल्याएकी केटी र केटालाई पनि आफूसँगै राखिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख कलेन्द्रविक्रम शाहीले बताउनुभयो । भारतीय प्रहरी जयगढ पुगेपछि गाउँमा नगएको र पहिला प्रहरीको सम्पर्कमा आएको उहाँको भनाइ छ ।
कोरबा छत्तीसगढ शान्तिनगर ७ भारत बस्ने वर्ष ३८ की उर्मिला राठोरको काइँली छोरी कुमारी काजोल राठोरलाई अछामका केशव सोनीले भागाएको भन्ने उजुरी दिएको र त्यसको सहयोग र समन्वयका निम्ति भारतीय प्रहरी अछाम आएको शाहीको भनाइ छ ।
प्रहरी निरीक्षक शाहीले संघीय प्रहरी इकाइ कार्यालय धनगढीलाई पत्र लेख्दै आवश्यक समन्वयको व्यवस्था गरिदिन भन्ने व्यहोरा आएको भन्दै यही कुरा अवगत गराएका छन् । सादा पोसाकमा अछाम आउने भारतीय प्रहरीमा अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल रहेका छन् ।
सादा पोसाकका भारतीय प्रहरी अछाम आएको जानकारि पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलले तत्काल गृह सचिव प्रेम राई र अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई ती प्रहरीलाई तत्काल नियन्त्रणमा लिन आग्रह गर्नुभएको थियो ।
घटनाको जानकारी पाएलगत्तै अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले तीनै जना भारतीय सुरक्षाकर्मीलाई जयगढबाट जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको र प्रहरीसँगै राखिएको जानकारी दिनुभयो । ‘जुन उद्देश्यले भारतीय प्रहरी अछाम पुगेका छन्, त्यसका लागि नेपालको अनुमति लिनुपर्ने हुन्थ्यो’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो ‘उनीहरुको प्रक्रिया पुगेको छैन ।’
भारतीय प्रहरीले खोजिरहेका बान्नीगढी जयगढ गाउँपालिकाका केटा र उनले ल्याएकी भारतीय केटी पनि अहिले जिल्ला प्रहरी कार्यालयमै रहेको श्रेष्ठले जानकारी दिनुभयो । केटा र केटी आफैँ प्रहरीकहाँ आएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाइ छ ।
भारतीय प्रहरी र केटाकेटीलाई सुरक्षित रुपमा प्रहरी कार्यालयमा राखिएको र अगाडिको प्रक्रियाका लागि छलफल भैरहेको अछाम प्रशासनले जनाएको छ । भारतीय प्रहरी र उनीहरुले खोजेको केटा केटीका विषयमा अब के हुन्छ ? भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले भन्नुभयो ‘आवश्यक प्रक्रिया बारे परामर्शमा छौँ, भारतीय केटीलाई लिन उनका आफन्त कोही आएमा सबै प्रक्रिया पुगाएर पठाउने हो, प्रहरीसँग पठाउने होइन।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।