नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्रीले सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनभन्दा अघि आफ्ना दलका नेताले बोल्न पाउनुपर्ने भन्दै बैठकमा अवरोध गरेपछि सम्बोधन गर्ने कार्यक्रम प्रभावित भएको थियो । कांग्रेसले प्रधानमन्त्रीले भन्दा आफूहरुले पहिला समय मागेको र प्रतिपक्षी दललाई पहिला समय उपलब्ध गराउनुपर्ने संसदीय अभ्यास रहेको दाबी गरेको छ ।
यसैबीच पत्रकार सम्मेलन घि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्रीले मंगलबार संसदमा भएको घटना, प्रतिपक्षी दलले केही समय अघिदेखि उठाउँदै आएका विभिन्न विधेयकलगायतका एजेण्डा, युरोप भ्रमणका क्रममा गुठी विधेयकलाई लिएर सदनदेखि सडकसम्म भएको विरोधलगायत विषयमा नेताहरुसँग परामर्श गर्नुभएको हो ।
प्रतिनिधिसभाको बैठक स्थगित भएलगत्तै नेताहरुसँग परामर्श गर्नका लागि उहाँ सिंहदरबारस्थित संसदीय दलको कार्यालय आउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।