नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले विपक्षी दलले समय मागेपछि उपलब्ध गराइनुपर्ने बताउनुभएको हो । प्रमुख प्रतिपक्षी दलले ढ्यापढ्याप गरिसकेपछि सभामुखले उसको कुरा सुन्नुपर्ने तर्क उहाँले गर्नुभयो । संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्नु नहुने भन्दै उहाँले संसद सधै ‘प्रतिपक्षी दलको हो ’भन्ने मान्यतालाई पनि नबिर्सन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, 'प्रतिपक्षीले ढ्यापढ्याप गरेपछि किन ढ्यापढ्याप गरे भनेर त्यो कुरा सभामुखले सुन्नुपर्थ्याे, नसुनेको कारणले गर्दा संसको अवस्था यस्तो भयो । रोष्ट्रम घेरियो । स्थगित पनि भो । प्रधानमन्त्रीले मात्रै बोल्ने संसदीय अभ्यास होइन । कुनै बेला दमन ढुंगानाले संसद प्रतिपक्षीको हो भन्ने पनि रुलिङ गरेका थिए । त्यसलाई पनि हामीले आफ्नो परम्परामा लिनुपर्छ । बोलिसकेपछि के हो त्यो जवाफ दिने सयम प्रधानमन्त्रीलाई छदै थियो नि । प्रतिपक्षीको आवाजलाई कुण्ठित गर्नु हुँदैन ।'
त्यसैगरी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैरजिम्मेवार भएको टिप्पणी गर्नुभयो । प्रतिनिधिसभा जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो भएकाले प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनताको अभिमतको दुरुपयोग भएको भन्दै घटनाको भर्त्सना गर्नुभयो ।
उहाँले भन्नुभयो, 'गैरजिम्मेवार व्यवहार ठान्दछु म सत्तापक्ष प्रतिपक्ष दुवैको । प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेल फाल्नु जनताको अभिमतको दुरुपयोग हो । र म चाही यसको तीव्र भर्त्सना गर्दछु ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।