राष्ट्रिय परिचयपत्र नभएका कारण हुने झन्झट अन्त्य गर्न सर्वोच्चको आदेश
माघ १९, २०८१ शनिबार
काठमाण्डाै - चर्काे दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर सरकारले विधेयक फिर्ता लिएकाे जानकारी दिनुभएकाे हाे ।
विधेयकलाई लिएर नागरिकमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई विथाेल्ने काेसिस भएकाले विधेयक फिर्ता लिने निर्णय गरेकाे मन्त्री अर्यालले बताउनुभयाे ।
नेपालकाे संविधानकाे धारा २९० अनुसार गुठीकाे मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैशाख १६ गते राष्ट्रियसभामा विधेयक पेस गरेकाे थियाे ।
सरोकारवाला निकायको चर्को दबाबपछि सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो । धर्म संस्कृति परम्परा, सम्पदा नास हुने भन्दै विधेयककाे विरुद्धमा काठमाण्डाै उपत्यकाका नेवार समुदाय आन्दाेलित बनेका थिए ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ उपत्यकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि विधेयकका सम्बन्धमा परामर्श गर्नु भएको थियो । आफ्नै पार्टीका सांसदहरुले पनि विधेयक फिर्ता लिनुपर्ने आवाज उठाएपछि सरकार विधेयक फिर्ता लिन बाध्य बनेकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वि.के.श्रेष्ठ
June 19, 2019, 3:23 a.m.हैन पत्रकार महोदय !! नेवारहरु नै किन ? गूठि त अरु जाति(समुदाय)लेपनि चलाऊँदै आएका छन त !
Abinash singh
June 18, 2019, 8:22 p.m.डर सबैलाई हुन्छ कुर्सीको ....जुन ठाउंमा बसेर सत्ता संचालन गर्नु छ , त्यही ठाउँमा नि गिद्दे आँखा लाउँदा कुर्सी नै जाने भएपछि वाध्यता भएर विधेयक फिर्ता लिनुपर्र्यो ...कठै विचरा सरकार /