प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सरकारले कानुनमार्फत मधेसी जनताको अधिकार कटौति गर्न लागेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै उहाँले कानुनी रुपमा नै अधिकार कटौतिको प्रयासमा सरकार लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘यो संविधानले एउटा विभाजन सृजना गरेको छ । राज्य र विभिन्न समुदाय एकअर्काप्रति संशकित छन् । यसले पहाड र मधेसको बीचमा एउटा विभाजन रेखा कोरेको छ । जसरी यहाँ लाल बत्ती बल्नासाथ अभिव्यक्ति बन्द हुन्छ । आज कानुन द्वारा लाल बत्ती बल्दैछ । हरेक कानुनमा केही न केही लाल बत्ती राखिएको छ जसले जनताको अधिकार कटौति गर्ने अवस्था बनाइरहेको छ ।’
उहाँले केन्द्र सरकारले मधेसमाथि नाकाबन्दी लगाएको आरोप पनि लगाउनुभयो । बजेट, राज्यका निकायमा प्रतिनिधित्व लगायत सबैमा मधेस उपेक्षित बन्दै गएको र नेपालको एउटा उपनिवेशको रुपमा रहेको दावी उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, 'यहाँ नाकाबन्दीको कुरा सुनिन्छ तर मधेसको आर्थिक नाकाबन्दी भइरहेको कहिले कसैले बोलेको छ ? उसको बजेट किन कम ? जनसंख्याको आधारमा उसको किन प्रतिनिधित्व छैन । शासन प्रशासनमा कति छ ? यो नाकाबन्दी होइन मधेसको? मधेस नेपालको आन्तरिक उपनिवेशको रुप छ । मधेस खुला जेल जस्तै छ, यहाँ सबै बन्दी छन् ।’
मधेसलाई अहिले पनि विभेद कायमै रहेको भन्दै उहाँले विभेद कायम रहेसम्म आफूहरुको विरोध जारी रहने बताउनुभयो । संसदबाट त्रुटि हुँदा विश्वमा तानाशाहहरु उत्पन्न भएको सन्दर्भ उल्लेख गर्दे उहाँले आफूहरु पनि तानाशाहहरु उत्पन्न हुने हुन् कि भनेर आशंकित बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले पनि मधेस सशंकित छ । आतंक, भय र पीडा छ यहाँ । दर्जनौँ व्यक्ति मधेस आन्दोलनका कारण जेलमा छन् । सरकारको सुरक्षा निकायबाट गोली लागेर मृत्यु भएका मानिसहरुलाई शहीद घोषणा गरिएको छ भने पक्राउ परेका मानिसहरु कसरी किन दोषी भए ? क्रिमिनललाई त शहीद घोषणा गर्देन ।’
राजपाले लामो समयदेखि गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न संसदमा आवाज उठाइरहे पनि सुनुवाइ नभएको भन्दै उहाँले त्यसतर्फ गम्भीर बन्न आग्रह गर्नुभयो । मलेसियमा रहेका मानिसमाथि पनि मधेस आन्दोलनको मुद्धा चलाइएको भन्दै उहाँले प्रतिवेदन सार्वजनिक गरी वास्तविक दोषीमाथि कारबाही गरिनुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।