उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेट अहिले इंग्ल्याण्डमा जारी छ । विश्वकप खेल्ने हरेक खेलाडीको चाहना हुन्छ । कतिको चाँडै पूरा हुन्छ भने कतिकाे सपना वर्षौं कुर्दा पनि पूरा नहुन सक्छ ।
केही खेलाडी भने विश्वकपका लागि छनोट भए पनि उनीहरुको स्वास्थ्यले पनि साथ नदिन सक्छ । अर्थात विश्वकप खेल्ने टिमका महत्वपूर्ण सदस्य हुँदाहुँदै पनि उनीहरु घाइते भएका कारण प्रतियोगिबाट बाहिरिनु निकै दुःखद कुरा पनि हो । आज हामीले ५ घाइते खेलाडीहरुको बारेमा जानकारी दिन्छौं । जसले जारी विश्वकप मिस गर्न बाध्य भए ।
१. शिखर घवन : भारत
भारतका ओपनिङ ब्याट्सम्यान शिखर धवन पनि विश्वकपबाट बाहिर भएका छन् । अस्ट्रेलियाविरुद्ध सानदार शतक बनाएका धवन घाइते भएपछि त्यसयताका खेलमा मैदान उत्रन सकेनन् ।
चिकित्सकको सल्लाहअनुसार उपचार गर्न भन्दै भारतीय टिमले ब्याकअपका रुपमा ऋषभ पन्तलाई बोलाए पनि अन्तिम समयसम्म पर्खिएको थियो । तर उनी फिट नहुने भन्दै ऋषभलाई टिममा समावेश गरिसकेको छ भने धवन प्रतियोगिबाट बाहिर भएका छन् । धवनलाई औंलामा चोट लागेको थियो ।
२. डेल स्टेन : दक्षिण अफ्रिका
दक्षिण अफ्रिाकाका स्टार बलर डेल स्टेन पनि विश्वकपमा पर्न नसक्ने अभागी खेलाडीको सूचीमा दर्ज भएका छन् । विगतमा उत्कृष्ट फर्ममा रहेका उनी घाइते भएर नै अफ्रिकाको टिममा स्थान बनाउन नसकेका हुन् ।
विश्वकपअघि आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलेका डेल स्टेन घाइते भएपछि आईपीएल पनि गुमाएका थिए । त्यसपछि पनि उनी फिट हुन सकेनन् ।
३. मोहम्मद शहजाद : अफगानिस्तान
अफगानिस्तानका विकेटकिपर मोहम्मद शहजाद २ खेल पछि आउट भए । उनलाई घुँडामा चोट लागेको भन्दै अफगानिस्तानको टिम छनोट समितिले बाहिर पठाएको हो ।
उनको उपस्थिति अहिले पनि अफगान टिमलाई खड्किएको छ । तर उनले राजनीतिक कारणले आफूलाई विश्वकपबाट बाहिर पठाएको र आफू पूर्ण रुपमा फिट भएको भावकु सन्देश जारी गरेका थिए ।
४. झाई रिचर्डसन : अस्ट्रेलिया
अस्ट्रेलियाका झाई रिचर्डसन पाकिस्तानविरुद्धको सिरिजमा घाइते भएका थिए । उनी पूर्ण रुपमा फिट नभएपछि अस्ट्रेलियाको अन्तिम १५ मा स्थान बनाउन असफल भए ।
रिचर्डसनले विगतका सिरिजहरुमा उत्कृष्ट प्रदर्शन गरेकाले विश्वकपको टिममा पर्ने आंकलन गरिएको थियो । तर उनको दुर्भाग्य भनेको घाइते हुनु हो । उनको ठाउँमा अन्तिममा अस्ट्रेलियाले केन रिचर्डसनलाई राखेको छ ।
५. एनरिक नोर्टजे : दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाका एनरिक नोर्टजेले श्रीलंकाविरुद्ध यसै वर्ष उनले डेब्यू गरेका थिए । जम्मा ४ वटा एकदिवसीय क्रिकेट खेलेका उनले ८ विकेट लिइसकका छन् ।
यीनलाई आईपीएल क्रिकेटमा कोलकता नाइटराइडर्सले लिएको थियो । तर हात भाँच्चिएपछि उनी आईपीएलमा सहभागी भएनन् भने ठिक नभएपछि दक्षिण अफ्रिकाको टिमबाट पनि बाहिर भए । उनको ठाउँमा क्रिस मोरिसले दक्षिण अफ्रिाकाको टिममा स्थान बनाउन सफल भए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।