भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
भारतकाे हिमाचल प्रदेशको कुल्लुमा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तीमा ४४ जनाले ज्यान गुमाएका छन् । बस सडकबाट पाँच सय फिट तल नदीमा खसेको बताइएकाे छ ।
दुर्घटनामा कम्तीमा २९ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा धेरै महिला र बालबालिकाहरु रहेको जिल्लाका एसपी शालिनी अग्निहोत्रीले बताएका छन् ।बिहीबार साँझ चार बजे बंजारबाट गाडागुशैणीको लागि छुटेको बस दुई किलोमिटर गुड्न नपाउँदै सडकबाट पाँच सय फिट तल खसेको थियो ।
स्थानीय प्रशासनका अनुसार बसमा ७५ जना सवार थिए, जसमा धेरै विद्यार्थीहरु रहेका थिए । उनीहरु विद्यालयमा भर्ना गरेर फर्किएका थिए ।
बसका चालकले खतरनाक घुम्तीमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री र कांग्रेस अध्यक्ष राहुल गान्धीले शोक प्रकट गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।