नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
पुस २७, २०८१ शनिबार
इलाम - उच्च अदालत विराटनगर, इलाम इजलासले आइतबार आर्थिक हिनामिना गरेको आरोप लागेका शिक्षक मातृका प्रसाद विश्वकर्माको पक्षमा फैसला गरेको छ ।
इलाम नगरपालिका-१२ मा रहेकाे साङ्गरुम्बा माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्वकर्माले आर्थिक हिनामिना नगरेको भन्दै अदालतले विश्वकर्माको पक्षमा फैसला सुनाएको हो । विश्वकर्माले विद्यालयमा आर्थिक हिनामिना गरेको साथै आर्थिक पारदर्शिता नभएको भन्दै इलाम नगर कार्यपालिकाको २०७५ माघ २३ गतेकाे बैठकले प्रधानाध्यापक विश्वकर्मालाई निस्कासन सहितको पत्र पठाएको थियो ।
नगरपालिकाले विश्वकर्मामाथि लगाएको आरोपमा कुनै प्रमाण नभेटिएकोले यथावत रुपमा काम गर्न विश्वकर्मालाई आदेश दिँदै उहाँकै पक्षमा न्यायाधीश प्रकाशचन्द्र गजुरेल र अच्युत बिष्टको संयुक्त इजलासले फैसला सुनाएको हाे ।
प्रधानाध्यापक विश्वकर्माको ठाउँमा त्यसै विद्यालयका अस्थायी शिक्षक नेत्र तामाङलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको थियो ।
गएको चैत्र १२ गते मुद्दाको फैसला नभइन्जेलसम्मका लागि नगरपालिकाको निर्णय यथास्थितिमा राखेर प्रधानाध्यापक विश्वकर्मालाई नियमित काम गर्न अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
नगरपालिकाले आर्थिक हिनामिनाको आरोप लगाएसँगै विश्वकर्माको नाममा रहेको बैंक खाता समेत रोक्का गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।