एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री, ३३ लाख रुपैयाँभन्दा...
मंसिर १२, २०८१ बुधबार
कोनकाफ अमेरिका फुटबलमा क्यानडाले क्युवालाई ७–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
जसमा क्यानडाका २ जना खेलाडीले ह्याट्रिक समेत गरेका छन् । साेमबार बिहान सकिएको खेलमा क्यानडाले खेल सुरु भएको तेस्रो मिनेटदेखि गोलको खाता खोलेको थियो ।
क्यानडाका जोनाथन डेभिड र लुकास डेनियल काभलानीले ह्याट्रिक गर्दा डेभिड जुनियर ह्वेल्टले एक गोल थपेका थिए ।
काभलानीले २१ औं, ४३ औं र पहिलो हाफको अतिरिक्त समया गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । पहिलो हाफमा ४ गोल गरेको क्यनडाले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
५० औं मिनेटमा ह्वेल्टले गोल थप्दै क्यानडालाई ५–० को अग्रता दिलाए । त्यसपछि पहिलो गोल गर्ने जोनाथन डेभिडले ह्याट्रिक पुरा गरे । उनले ७१ र ७७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।
जितसँगै क्यानडा क्वार्टफाइनलमा पुग्दा मेक्सिको पनि उप विजेता बन्दै क्वार्टरफाइनलमा पुग्न सफल भयो । मेक्सिकोले साेमबार बिहान भएको खेलमा मार्टिन्क्यूलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।