विप्लव नेकपाका किसान संगठनको जिल्ला संयोजक पक्राउ

 असार १३, २०७६ शुक्रबार ८:३७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गोरखा जिल्ला सदस्य तथा किसान संगठनको जिल्ला संयोजक रोहितप्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार राति ११ बजेतिर शहीद लखन गाउँपालिका – ४ को राइनासबाट पन्तलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यही ठाउँमा स्थायी घर भएका पन्तलाई कुरिनटार प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताउनुभयो । 

पन्तमाथि राजद्रोहको कसुरमा जिल्ला अदालत गोरखाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको रावलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया