प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ – विवेकशील नेपाली दलको नीति सम्मेलन रोल्पाको सदरमुकाम लिवाङमा शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनले पार्टीको विधान, नीति पारित गर्दै आगामी रणनीति तय गर्नेछ ।
सम्मेलनको पहिलो दिन सहभागीहरूले हातमा नेपालको झण्डा बोकेर लिवाङको टुँडिखेलमा गोलो घेरा बनाएर राष्ट्रिय गान गाएका थिए । त्यसपछि वाणिज्य सङ्घको सभाहलबाट सुरु भएको प्रभातफेरी कार्यक्रम वाणिज्य सङ्घको सभाहलमा नै पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई प्रदेश-५ संयोजक शिव प्रसाद थापाले स्वागत गर्दै कार्यक्रमको औचित्यको बारे प्रष्ट पार्नुभएको थियो । त्यस्तै प्रदेश सभा-३ का सांसद रमेश पौड्यालले प्रदेश सभामा आफूहरूले खेलेको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । साथै, उहाँले विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई पक्रेर हत्या गरेकोमा सरकारको विरोध गर्दै विप्लव समूहलाई पनि हत्या हिंसा त्यागेर सबै पक्षसँग वार्ता, संवाद र सहकार्य गर्न आग्रह गर्नुभएको छ ।
खुला सत्रको बीचबीचमा गीत, नृत्यलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रवासका सदस्यहरूको मानार्थ आठौँ प्रदेशलगायत सबै प्रदेश संयोजक र प्रतिनिधिहरूले शुभकामना दिँदै पार्टीले लिनुपर्ने दिशाको बारेमा चर्चा गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सचिव भरतराज पन्त, कर्णाली प्रदेश संयोजक अनिल शाही, प्रदेश-५ संयोजक शिव प्रसाद थापा, गण्डकी प्रदेशकी संयोजक सुमित्रा गुरुङ, प्रदेश-३ कि संयोजक कर्मा तामाङ, प्रदेश-२ संयोजक माधव कुमार, प्रदेश-१ संयोजक सन्तोष घिमिरे र प्रदेश ८ समिति सदस्य राज क्षेत्रीले मन्तव्य राखेका थिए । साथै आयोजक समितिका सदस्यहरूको तर्फबाट रमेश विष्ट तथा निर्देश सिलवालले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा पार्टीका अध्यक्ष उज्वल थापाले द्वन्द्वकालमा आफूले रोल्पामा गरेको भ्रमणको स्मरण गर्दै उनले विवेकशील नेपालीको इतिहासको संक्षिप्तमा चर्चा गर्नुभएको थियो । उहाँले कार्यक्रमले देशको एक राजनीतिक दललाई आवश्यक पर्ने नीति, रणनीति तथा विधान यस सम्मेलनले तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा, नेपाली कांग्रेस रोल्पाका कार्यवाहक अध्यक्ष किशोर आचार्य, उद्योग वाणिज्य सङ्घ रोल्पाका अध्यक्ष विश्व कुमार चन्द, पत्रकार महासङ्घ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगीले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।