प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - प्रतिनिधि सभाका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका मेयर चौधरीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नु भएको हो ।
नेपाली कांग्रेसका कोषाध्यक्षसमेत रहनु भएकी यादवले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी घृणित अभिव्यक्ति दिँदा पनि सरकारले कारबाही नगरेकोमा आपत्ति जनाउनुभयो । त्यसैगरी सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले महिलामाथि अशिष्ट र अपराध हुने गरी सार्वजनिक अभिव्यक्ति दिने मेयर चौधरीमाथि तत्काल कारबाही गर्न सरकारक ध्यानाकर्षण गराउनु भयो ।
कांग्रेस सांसद लक्ष्मी परियारले पत्रकारको नाकको डाँडी भाँच्ने धम्की दिने, महिलाहरुमाथि अपमान हुने गरी अभिव्यक्ति दिँदै आएका मेयर चौधरीलाई तत्काल कारबाही गर्न सरकारलाई सचेत गराउनु भयो ।
यसअघि प्रतिनिधिसभाको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।